‘मिस लिम्बु’ का लागि धरान अडिसनबाट १४ छानिए

११ फेब्रुअरी, विजयपुर । ‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागि धरान अडिसन शनिबार सम्पन्न भएको छ । अडिसनबाट १४ जना छानिएका छन् ।

धरान १० स्थित चौठो रेस्टुरेन्ट बीबीक्यू एण्ड बारमा सम्पन्न अडिसनबाट प्रदेश एकका विभिन्न जिल्ला ताप्लेजुङ, झापा , मोरङ ,सुनसरी र धनकुटाबाट १४ जना प्रतियोगीहरु छनाेट भएका हुन् । धरान अडिसनका लागि निर्णायकमा मिस्टर धरान तथा युवा व्यवसायी दिनेश सिङ्गक, चलचित्रकर्मी हाङ चेम्जोङ, मिस लिम्बु सन्ध्या तुम्बाहाङ्फे, खेलाडी तथा कलाकार किशोर सम्बाहाङ्फे , कोरियोग्राफर कला सुब्बा, लिम्बु भाषाविद तथा कलाकार यासेली योङ्हाङ, समाजसेवी तथा गायक पूर्ण लिम्बु , मोडल इक्सा मादेन र कृष्ण सुब्बा रहेका थिए ।

धरान अडिसनबाट मना चेम्जोङ लिम्बु धनकुटा ,नीता लिम्बु तेह्रथुम , काजल सेलिङ् लिम्बु पाचथर , केञ्जल योङ्हाङ् पाचथर , अनुशा पार्घरी लिम्बु धनकुटा , नुमा कुरुम्बाङ् मोरङ, कृतिका चोङ्बाङ् लिम्बु ताप्लेजुङ्, भेनुमा पाहिम लिम्बु झापा, कृतिका इङ्नाम धनकुटा, उषा सिगु लिम्बु पाँचथर , विपिका सेलिङ् लिम्बु पाँचथर, तागेरा फुङ् नेम्बाङ् पाचथर , रोजा लिम्बु मादेन लिम्बु ताप्लेजुङ र ज्वाला कुरुम्बाङ् लिम्बु मोरङबाट रहेका छन । मिस लिम्बु प्रतियोगिताकाे याे छैटौं संस्करण हाे । प्रतियोगितालाई याक्थुङ यूथ एसाेसिएसनले आयोजना गर्दै आइरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *