‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तककाे पचास हजार रुपैयाँ स्वर्णिम साहित्य समाजलाई प्रदान गरिने

३१ जनवरी, भराैल । कोरोना कहरको लकडाउनको समयमा प्रकाशित भएको “लकडाउनमा सर्जक र सिर्जना” पुस्तक प्रकाशक समूहले स्वर्णिम साहित्य समाजलाई पचास हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ ले स्थापना गरेको “स्वर्णिम साहित्य पुरस्कार  तथा सम्मान” का निम्ति खडा गरिएको अक्षयकोषलाई सो रकम हस्तान्तरण गर्न लागिएको हो । प्रकाशक समूहले गत वर्ष एक कार्यक्रममा सो प्रतिबद्धता घोषणा गरेको थियो । नेपाल सरकारले कोरोना महामारीलाई नियन्त्रण गर्न लकडाउन घोषणा गरेको समयमा बराहक्षेत्र-३ नडाहामा रहेर डर र त्रासबाट केही समयको लागि भए पनि टाढा रहँदै आम कवि सर्जकहरुमा आशा र उत्साह भर्ने उदेश्यले कवि तथा साहित्यिक अभियन्ता प्रकाश दिप्साली राईले ‘लकडाउन सिर्जना शृङ्खला’ नाम दिँदै दैनिक ३ वटा सिर्जनाहरु सामाजिक सन्जाल फेसबुकमार्फत पोष्ट गर्थे । पछि त्यहीँ श्रङ्खला अत्यन्त लोकप्रिय बन्दै गएपछि सो अभियानलाई केहीले प्रकाशन गर्ने प्रयत्न गरे । अन्ततः अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारत, पात्लेपानी कला/साहित्य प्रतिष्ठान हतुवागढी भोजपुर र तायाजोङ मिडिया एण्ड प्रोडक्सन प्रा.लि. काठमाडौले २८६ थपको “लकडाउनमा सर्जक र सिर्जना” नाम दिएर पुस्तकको रुपमा प्रकाशन गरेका थिए । त्यसमा अन्य सर्जकले समेत साथ दिएका थिए । सोही पुस्तकबाट सङ्कलित रकमलाई प्रकाशक समूहले स्वर्णिम साहित्य समाजलाई प्रदान गर्न लागेको हो ।

विगत १५ वर्ष अघिदेखि कला र साहित्यमा योगदान दिएको भन्दै सो रकम स्वर्णिम साहित्य समाजलाई प्रदान गर्न लागिएको प्रकाशक तायाजोङ मिडिया प्रा.लि. का राजन समिपले बताए । स्वर्णिम साहित्य समाजलाई रकम हस्तान्तरण गर्न पाउँदा आफूहरु असाध्यै खुसी रहेको पात्लेपानी कला साहित्य प्रतिष्ठान, हतुवागढी भोजपुरका संस्थापक विश्वजित राईले बताए ।  सो रकम स्वर्णिम साहित्य समाजले आयोजना गर्न लागेको “स्कुलमा कविता” कार्यक्रमको पहिलो अडिसन कालाबन्जरमा हस्तान्तरण गरिने अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारतका  उपाध्यक्ष एवम कवि भीम विरही राईले जानकारी दिएका छन् ।

स्वर्णिम साहित्य समाज, भराैलकाे टिम ।

‘हामी गाउँमा रहेर साहित्य कर्ममा  समर्पित छौँ । हामीलाई अनावश्यक नक्कल ढर्राभन्दा पनि सिर्जना र यो समाजले दिएको जिम्मेवारीलाई पूरा गर्न सकिन्छ कि सकिन्न ? भन्ने कुराले खुब सताउँछ । हामी “लकडाउनमा सर्जक र सिर्जना” पुस्तकप्रति आभारी छाैँ,’ स्वर्णिम साहित्य समाजका उपाध्यक्ष शरण लिम्बुले भावुक हुँदै भने ।

आगामी माघ २१ गतेदेखि स्वर्णिम साहित्य समाज बराहक्षेत्र -३ ले स्कुलमा कविता कार्यक्रमको अडिसन जडेमावि कालाबन्जरबाट सुरु गर्दैछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *