‘कर्मचारी बलियो भए देश बलियो हुन्छ’ – प्रदेश एक प्रमख खापुङ

२३ जनवरी, विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छन् ।

प्रदेश लोक सेवा आयोगको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डामा देश बलियो बन्ने र लोक सेवाले बलियो कर्मचारीलाई उत्पादन गर्न सक्ने बताएका हुन् । प्रदेश लोक सेवा आयोग संघीयताको मूल मर्मलाई आत्मसाथ गर्ने महत्पूर्ण अङ्ग रहेको पनि प्रदेश प्रमुखले बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चुनौतीहरुसँगै अगाडी बढ्ने तयारीका साथ प्रदेश संरचनालाई जनताले देख्न सक्ने बनाउने तयरीमा जुटेको जनाए । मुख्यमन्त्रीले यो चुनौतीको विषय पनि रहेकाले यसलाई सामना गर्दै अवसरमा परिणत गर्न सक्ने विश्वास आफूले लिएको बताए ।

कार्यक्रममा प्रदेश लोक सेवा आयोगको स्मारिका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीले विमोचन गरेका थिए । त्यसैगरी प्रदेश लोक सेवा आयोगका सदस्य टीकादत्त राई, प्रदेश लोक सेवा आयोगका प्रवक्ता तीर्थप्रसाद धिताल तथा सचिव बाबुराम खतिवडा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदका निमित्त सचिव किशोर चौधरी र आयोगका अध्यक्ष माननीय उत्तमकुमार भट्टराईले मन्तव्य राखेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *