आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण काेरियामा पुन

२२ जनवरी, सउल । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, दक्षिण काेरियाकाे अध्यक्षमा समीप खेम पुन मगर निर्वाचित भएका छन् । महासङ्घकाे प्रथम अधिवेशनले पुनलाई अध्यक्षमा निर्वाचित गरेको हाे ।

जनवरी २२ आइतबारका दिन राजधानी सउलमा भएको अधिवेशनले पुनकाे अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शकुन आँसु, उपाध्यक्षहरूमा खाेम गुरुङ र सेसेफुङ शेर्मा, महासचिवमा अमिर याेञ्जन, सचिवहरूमा दिलीप बान्तावा र विष्णु सन्यास, काेषाध्यक्षमा उत्तम खजुम छन् । सह-काेषाध्यक्ष पद रिक्त राखिएको छ ।

सदस्यहरूमा दिपा मेवाहाङ, विनेस राई, डम्बर सुब्बा, मधु सिङ्जाली, रेजिना राई, एडिन छन्त्याल र एल बी रुम्बा रहेका छन् ।

आदिवासी जनजाति महासंघका का.वा अध्यक्ष विसन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यालेसका महासचिव वलिन्द्र योङहाङ, कवि हाङ्सेम केरुङ, गजलकार दिपक खनाल ‘स्पन्दन’ साथै अन्य साहित्यिक तथा संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। निवर्तमान अध्यक्ष पराजित पाेमुकाे अध्यक्षतामा भएको अधिवेशनले तीन बुँदे घाेषणापत्र समेत जारी गरेको छ । जसअनुसार महासङ्घले आदिवासी जनजातिहरूकाे हक हितका निम्ति हुने सबै प्रकारको आन्दोलनमा नैतिक समर्थन दिने निर्णय गरेको छ । त्यस्तै , आदिवासीजनजातिहरूकाे भाषा, लिपि, धर्म र सँस्कृति संरक्षण तथा सम्बर्द्धनकम लागि समर्पित रहने जनाएको छ । यस्तै, आदिवासी जनजातिहरूसँग सम्बन्धित मुद्दा र विषयलाई लेखनमार्फत उजागर गर्ने प्रयत्न गर्ने घाेषणापत्रमा उल्लेख गरेको छ ।

उक्त अवसरमा महासङ्घले मातृभाषाकाे कविताहरूकाे संगालाे ‘भुइँमान्छेका आवाज’ विमाेचन भएको छ । महासङघ दक्षिण काेरियाले प्रकाशन गरेको सङ्ग्रहमा १६ राष्ट्रभाषाका ५१ कविका कविताहरू छन् । यस्तै, साेही बेला कवि पराजित पाेमुकाे दाेस्राे कविता सङ्ग्रह ‘मद्वारा मेरो निर्माण’ कविता सङ्ग्रहकाे समेत विमाेचन भएको उपाध्यक्ष सेसेफुङ शेर्माले जनाए ।

‘भुइँमान्छेका आवाज’ सङ्ग्रह विमाेचन गर्दै अतिथिहरू ।

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ दक्षिण काेरियाकाे स्थापना सन् २०२१ फेब्रुअरी २१ मा भएको थियोे । तत्कालीन समिति १७ सदस्यीय रहेको थियोे । महासङ्घकाे १४ वटा मुलुकहरूमा प्रवास समितिहरू रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *