जसपानिकट नेपाली समाज यूकेको १० औँ स्थापना दिवस

१८ जनवरी, लन्डन । जनता समाजवादी पार्टीको प्रवास अङ्ग नेपाली समाज यूकेले आफ्नो १० औँ स्थापना दिवस मनाएको छ । गत १४ जनवरी का दिन नेपाली समाज यूकेले आफ्नो १० औ स्थापना दिवस मनाएको हो ।

यूकेको रेडिंगमा आयोजित बैँठकमा नेपाली समाज स्थापना भएको १०औ बर्षगाँठको केक काटेर मनाएका हुन । सो बैठकले प्रवास विशेष प्रदेश समितिले यूकेको निम्ति तोकेको ईन्चार्ज धर्म बहादुर तामांगलाई अनुमोदन गर्दै स्वागत गरेको थियो । त्यस्तै, गत निर्वाचनको समीक्षा र पार्र्टीको हुन लागेको विधानसभामा सुझावका रूपमा पठाउने विषयहरूमा समेत छलफल भएको अध्यक्ष कमल थुुलुङ राईले बताए । पार्र्टी सदस्यहरूको तथ्याङ्क संकलन तीन महिनाभित्र गर्ने र गत पृथ्वी जयन्तिका दिन पार्टी नेता अङंकाजी शेर्पा लगायतलाई गरेको पक्राउको भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेको थियो । बैठक नेपाली समाज यूकेका अध्यक्ष थुलुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेताहरू धर्म तामाङ, जंग सुनुवार लगायत उपस्थित रहेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *