गायक ब्रबिम शेर्माकाे कन्सर्ट आसफाेर्डमा हुँदै

७ जनवरी, लन्डन । बेलायत भ्रमणमा रहेका गायक ब्रबिम शेर्माकाे साङ्गीतिक कन्सर्ट आसफाेर्ड हुँदैछ । आइतबार साँझ हुने कार्यक्रममा शेर्माले आसफाेर्डवासीहरूलाई दर्जन बढी गीत सुनाउनेछन् ।

कक्राेज ग्रुप नामक भेट्रान गाेरखा सैनिकहरूकाे एक समूहले आयाेजना गरेको कार्यक्रम बिहीबारे हलमा हुनेछ । कार्यक्रम बेलुकी ४ बजेदेखि राति १० बजेसम्म चालू रहने आयाेजक समूहका डम्मर सिङ्गकले जनाए ।

गत अक्टोबर महिनामा बेलायत आएका मुन्धुमी गायककाे उपाधिले चर्चित शेर्मा यसअघि पनि पटकपटक बेलायत आएर याक्थुङ लिम्बु भाषाका आफ्ना चर्चित गानाहरू सुनाइसकेका छन् । उनले हालसम्म आधा दर्जन बढी सहरहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका छन् । बीचमा कन्सर्टकै लागि कियाचुकाे निमन्त्रणामा उनी बहराइन पनि हानिएका थिए ।

आगामी जनवरी १५ काेलचेसेटरमा, २८ डनकास्टरमा र फेब्रुअरी ४ ग्रेजमा उनले प्रस्तुति दिनेछन् । आसफाेर्डकाे कन्सर्टमा टिकट दर १५ पाउन्ड राखिएको छ ।

याक्थुङ समुदायमा निकै रुचाइएका गायक एवम् सङ्गीतकार शेर्माका ‘नुरिक्काङ वये मिम्झिमे’, ‘लुङ्माबाे याङ्घेक’, ‘चिखाङ्घेआङ युखाङ्घेओे’, ‘चल्लक चल्लक’, ‘हुर्लै पुक्कन्दी’ लगायत गीतहरूले लाखाैँ भ्यूजहरू बटुल्न सफल भएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *