थुप्पाेकाे थेबे लिम्बुहरूकाे वार्षिक भेला सम्पन्न

११ डिसेम्बर, काठमाडौं । याक्थुङ लिम्बु समुदायभित्रका थुप्पाेकाे थेवे वंशीहरूकाे वार्षिक भेला सम्पन्न भएको छ । थुप्पोको थेबे लिम्बु समाज, नेपालको वार्षिक भेला शनिबार सम्पन्न भएको हाे ।

कियाचु हिम काठमाडौँमा भएको भेलाकाे पहिलो चरणको कार्यक्रम जीवन प्रकाश थेबेकाे अध्यक्षतामा सम्पन्न भएको थियोे । जसमा प्रमुख अतिथि ज्येष्ठ नागरिक नन्दिकेशर थेबे ( ८९ बर्ष) रहेका थिए । कार्यक्रम शैलेन्द्र थेबेले सञ्चालन गरेका थिए ।

उपाध्यक्ष देउमान थेबेले स्वागत मन्तव्य दिएको कार्यक्रममा वार्षिक प्रतिबेदन साथै समाजको भावी योजना महासचिव अमृत थेबेले गरेका थिए ।

शुभकामना मन्तव्य दिनेहरूमा ज्वाई चेलाकाे तर्फबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व डीआईजी वसन्त राई, चेलीबाट नेपाली सेनाकी सेनानी बुद्धमाया थेबे गुरुङ थिए । त्यस्तै, कार्यक्रमलाई बेलायतबाट अमित थेबे मिहाङ, हङकङबाट, वसन्त थेबे, अमेरिकाबाट दिपक थेबे, युएईबाट पोबो थेबे , फुङलिङ ताप्लेजुङबाट चन्द्र कुमार थेबे , थुम्मेदिन ताप्लेजुङबाट सन्तमान थेबे, थुम्मेदिन ताप्लेजुङबाट इन्द्र थेबेले शुभकामना सन्देश दिएका थिए ।

अध्यक्ष जीवन थेबेले आर्थिक प्रतिबेदन , वंशावली सम्बन्धि अहिलेसम्म भएको तयारी, प्रोजेक्सन टिप्पणी गरेपछि पहिलो चरण समाप्त भएको थियोे ।

दोस्रो चरणमा स्वास्थ्यसम्बन्धी जानकारी बहस र थुप्पोको थेबे, सिगु र हेम्भ्यासङ्गको सम्बन्धबारे सल्लाहकार एवम् ताप्लेजुङका पूर्व जिल्ला सभापति विजयराज थेबेले प्रस्तुति दिए । त्यस्तै, उपाध्यक्ष मिलन कुमार थेबेलेलथुप्पोको थेबे लिम्बु समाज, नेपालको कार्यसमिति र कार्यशैलीबारे कुरा राखे । मौलिक बाजा च्याब्रुङकाे ईतिहास र उत्पत्तिबारे लिसाप अध्यक्ष बौद्धमान हुक्पा चोङवाङले आफ्ना भनाइ राखे ।

भेलालाई मनाेरञ्जनात्मक बनाउन द भ्वाइस सिजन ४ का प्रतियोगी साहिल लिम्बु विशेष आकर्षण रहेका थिए । उनले
हाक्पारे पालाम ख्याली प्रस्तुति गरे । त्यस्तै, साेही सिजनका एक सहभागी गायक गोविन्द चेम्जोङले समेत साङ्गीतिक प्रस्तुति दिए । नृत्य प्रस्तुत गर्नेहरूमा जेसिका थेबे, निसुम थेबे, सृष्टि थेबे, रिया थेबे र ईनु थेबे रहेका थिए ।

साे अवसरमा परम्परागत खेलहरू पनि खेलाइएको थियोे । मौलिक खेल पक्लुङ लेप्मा(छेलो) खुलातर्फ अमृत थेबे प्रथम र साठी वर्ष उमेरमाथि विजयराज थेबे(वर्ष ७८) पहिलो भए ।
त्यस्तै, हाडी फुटाउने र बिङ्गो (तम्बोला) खेलसँगै लिम्बु परिकार स्टल पनि रहेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *