तिगेलाद्धारा विश्वमा प्रचलित निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणालीबारे जानकारी

११ डिसेम्बर, काठमाडौं । गत २५ मंसिर २०७९ का दिन राजनीतिका अध्येता विश्वास दीप तिगेलाले विश्वमा प्रचलित निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्क सहित तुलनात्मक जानकारी दिएका छन् ।
विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीहरुको कसीमा नेपालको मिश्रीत निर्वाचन प्रणालीले के के सुधार गर्न आवश्यक भन्ने विषयमा पनि तथ्यगत कारण र आधारहरु प्रस्तुत गरे । मुन्धुम एकेडेमी काठमाडौंद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा तिगेलाले प्रिजेन्टेशन गरेका हुन । सो अन्तरक्रिया कार्यक्रममा राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तमा सहभागीहरुको प्रश्नको उत्तर तिगेलाले दिएका थिए भने सुझावहरुलाई ग्रहण गरेका थिए ।
तिगेलाले उनका राजनीति शास्त्रको डिग्री तहमा तयार गर्नुभएको विश्वका निर्वाचन प्रणालीहरु मध्ये सबैभन्दा प्रजातान्त्रिक कुन हो भन्ने विषयक शोधपत्र पुस्तकको रुपमा आउनु भन्दा अगाडी छलफल र अन्तरक्रिया भएको हो । तिगेलाको गत बर्ष उनको माष्टर्ष डिग्रीको अर्को शोधपत्र ह्वय चाइना इज नट रिपलेसिङ अमेरिका नामक पुस्तक प्रकाशनमा आएको छ भने उनी क्यान्टवरी यूनिभर्सिटी युकेबाट माष्टर्ष डिग्री सिध्याएर विद्यावारिधीको प्रकृयामा छन ।
एकेडेमीका संयोजक डि. बी. आङबुङले प्रिजेन्टर तिगेला र सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *