चुम्लुङ जापानको चासाेक तङ्नाम तथा केला:ङ प्रशिक्षण सम्पन्न

 

११ डिसेम्बर, टाेकियाे । चासोक तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ, जापानकाे ‘शुभकामना आदान प्रदान तथा केला:ङ प्रशिक्षण सम्पन्न भएको छ । याक्थुङ समुदायको महान् पर्व चासाेक तङ्नामकाे अवसरमा आइतबार कार्यक्रम आयोजना गरिएकाे थियोे ।

टोकियोको ओकुबो स्थित नेवा: डाइनिङ तथा काठमाण्डु लञ्च एण्ड बारको सभाहलमा आयोजित कार्यक्रममा जापानमा पहिलो पटक आयोजित केला:ङ प्रशिक्षणमा समेत आयाेजना गरिएको थियोे ।

कार्यक्रममा केला:ङका मुख्य प्रशिक्षक एवम् संस्थाका उपाध्यक्ष देवेन्द्र लाओतीले सहभागीहरूलाई केला:ङको आधारभूत नाच कसरक्पा र यसका अनेक प्रकारहरूबारे प्रशिक्षण गराए । साथै, लाम्दाक ला:ङ, थक्थाम्मा ला:ङ, मेक्काम ला:ङ, माङ्ला:ङ, नाभोन्जी ला:ङ, तक्मी ला:ङ, पुत्तुके ला:ङ, चिरफे़म्बा ला:ङ आदि नाचहरू अभ्यास गराएका थिए ।

कार्यक्रममा जापानमा रहेर गीत सङ्गीत सिर्जनामा क्रियाशिल सर्जक प्रदीप माबोलाई ‘कियाचु, जापान स्रष्टा सम्मान- २०२२’ बाट सम्मान गरिएको छ । अघिल्लो कार्यक्रमा कारणबस वहाँको उपस्थिति हुन नसकेका कारण यसपटकको कार्यक्रममा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको महासचिव मुक्साम लाओतीले जनाए ।

कार्यक्रममा कियाचु, जापानका संस्थापक अध्यक्ष एवम् सल्लाहकार रिद्धिबहादुर तुम्बाहाङ्फे, स्रष्टा प्रदीप माबो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा थर्कदीप तिगेला, शिशिर निङ्लेकू, अनिता थेबे लगायतको उपस्थिति रहेको थियो ।

१४ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएको केला:ङ प्रशिक्षण कार्यक्रम कियाचु, जापानका सचिव लाखध्वज मादेम्बाको सञ्चालन तथा अध्यक्ष सुदीप पालुङवाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *