‘चुम्लुङ खाेल्नाेस् भनेर सुझाव दिएँ’ – प्रदेश प्रमुख खापुङ

११ डिसेम्बर, विजयपुर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले याक्थुङ लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ स्थापनाको बेला उत्साही युवा छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताएका छन् । किरात याक्थुङ चुम्लुङ धरानले गरेको पाँच दिने चासोक तङ्नाम कार्यक्रमको समापन गर्दै प्रदेश प्रमुख खापुङले उक्त कुरा बताएका हुन् ।

त्यसबेला प्रदेश प्रमुख राष्ट्रिय पञ्चायतको सदस्य रहेकोले प्रत्यक्ष लागिहाल्नु नमिल्ने तर लाग्नु भन्ने सल्लाह दिएको संस्था अहिले यतिको ठूलो बन्न सफल भएकोमा अझ सफलताको शुभकामना पनि व्यक्त गरे ।

धरान नगरपालिकाका मेयर हर्कराज राईले नेपालको परिस्थितिलाई राम्ररी बुझिएको राष्ट्रज्ञान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ नै काफी रहेको बताए । यहीँ सयौँ थुँगाबाट भाषा, लिपि, धर्म, जाति तथा पहिचान भेटिने मेयर हर्कराज राईको भनाई थियो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डा. कमल तिगेला, नेकपा एमाले धरान उपमहानगर समितिका अध्यक्ष हर्कजङ एभेङ, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष ताजुव लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम आदिले बोलेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *