लिम्बुवान आन्दोलनका लागि नागरिक बहस पुनः आयाेजना हुने

२५ अक्टोबर, अल्डरसट । प्राज्ञिक बहसलाई बढावा दिन लिम्बुवान नागरिक समाज यूकेले ‘लिम्बुवान नागरिक बहस’ निरन्तरता दिने भएको छ । समाजले लिम्बुवान आन्दोलनलाई सहयोग पुग्ने हिसाबले बहस श्रङ्खला सुचारू गर्न लागेको हाे ।

गत अक्टोबर १५ मा अल्डरसटमा भएको नयाँ कार्य समितिकाे पहिलो बैठकका निर्णयहरू सार्वजनिक गर्दै समाजले आगामी दिनमा बहस पुनः चलाउने निर्णय गरेको अध्यक्ष छत्र वनेमले बताए । समाजको गत १३ अगष्टमा आसफाेर्डमा पाचौं महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले पुनः छत्र वनेमकाे अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको थियोे ।

बैठकले विभागीय जिम्मेवारीहरू पनि बाँडेको छ । जसअनुसार प्रचार प्रसार विभाग प्रमुखमा सहसचिव अमित थेवे र उपप्रमुखमा तेज माबाे रहेका छन् । त्यस्तै, जनसम्पर्क तथा कूटनीतिक विभाग प्रमुखमा पूर्व अध्यक्ष दिल सम्बाहाङ्फे र उपप्रमुखमा सदस्य विजय लिङ्गेप रहेका छन् । लिम्बुवानी सम्पदा तथा साँस्कृतिक विभाग प्रमुखमा नरेन्द्र माबाेहाङ र उपप्रमुखमा जितेन्द्र चेम्जोङ रह्का छन् । प्राज्ञिक तथा प्रकाशनमा विभाग प्रमुखमा उपाध्यक्ष विजय लुम्फुङ्वा र उपप्रमुखमा मञ्जु लिङ्दम र सहकाेषाध्यकमा टीका माद्न रहेका छन् ।

बैठकले सल्लाहकारहरू समेत चयन गरेको महासचिव लाहाङ चेम्जाेङले बताए । जसमा राजेन्द्र, खिम्दिङ, निर्मल पतङ्वा, जानू काम्वाङ, लाेकेन्द्र तबेबुङ र देव हुक्पा चाेङवाङहरू रहेका छन् । समाजले विधान र अवधारणालाई मिलाएर पुस्तिका समेत निकाल्ने भएको छ । बहस श्रङ्खला भने प्राज्ञिक तथा प्रकाशन विभागले गर्नेछ । अबकाे भाग ‘लिम्बुवान भूमि अधिकार र आन्दोलन’ विषयमा हुनेछ । साेही विभागले एक अनलाइन पाेर्टल चलाउने जिम्मेवारी पनि पाएको छ । यसैगरी, अघिल्लो समितिकाे निर्णयमुताबिक स्मारिका प्रकाशनलाई सहज गर्न उपाध्यक्ष विजय लुम्फुङ्वालाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि लाहाङ चेम्जोङ र मिहाङ थेवे सम्पादक चयन भइसकेका छन् । संयाेजकमा छत्र वनेम र व्यवस्थापकमा दिल इङ्वारम छन् ।

बैठकले काङ्साेरे पुरस्कार अक्षयकाेषका लागि पच्चीस हजार नेपाली रूपैयाँ दिने दाताहरूलाई काेषकाे संरक्षक सदस्यका रूपमा मान्यता दिने निर्णय गरेको छ । समाजकाे आयस्रोत पहिल्याउन २०२३ काे अप्रिल ३० मा च्यारिटी डिनर कार्यक्रम आयाेजना गर्ने र साेका लागि अध्यक्ष वनेमलाई संयाेजक र सदस्य जितेन्द्र चेम्जोङलाई सहसंयाेजककाे जिम्मेवारी दिइएको छ ।

समाजकाे नवाैँ साधारणसभा जनवरी १५ मा गरिने अध्यक्ष वनेमले बताए । यसका लागि स्थल छनाेटकाे दायित्व काेषाध्यक्ष सुन्दर लिङ्थेपले पाएका छन् । यसैगरी, बलिहाङ तङ्नामका अवसर पारेर अर्थ सङ्कलन गर्ने जिम्मा सहकाेषाध्यक्ष टीका मादेनले लिएका छन् । लिनासकाे स्थापना सन् २००९ मा भएको थियोे ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *