एनआरएन युकेको ३९ हजार पाउण्ड चोरीको विषयमा कोषाध्यक्ष खरेल माथि छानविन शुरु

लन्डन । १७ अगष्ट २०२२ । गैर आवासिय नेपाली संघ (एनआरएन) युकेको खाताबाट बाहिरिएको ३९ हजार पाउण्ड (लगभग नेरु ६० लाख) सम्बन्धमा कानुनी रुपबाट छानविन शुरु भएको छ ।
कोषाध्यक्ष विष्णु खरेल
एनआरएन राष्ट्रिय समन्वय परिषद युकेका कोषाध्यक्ष विष्णु खरेलले छलकपड गरि, अध्यक्षको जानकारी बिना पैसा निकालेर अन्यत्र पठाएको विषयमा युकेको च्यारिटी कानुन अन्तर्गत पहिलो चरणको सोधपुछ शुरु भएको छ । खरेललाई हप्तादिन भित्र कारण दिन र २८ दिन भित्र सो रकम फिर्ता गर्न हिजो १६ अगष्ट २०२२ का दिन औपचारिक पत्र हूलाक मार्फत र इमेल मार्फत पठाईएको छानविन कमिटीले बताएको छ ।
पैसा अन्यत्र लैजानमा अरु कसैको प्रभाव रहेको छ वा छैन, यदि देश बाहिर पैसा पठाईएको भए परराष्ट्र कानुनको विधि अनुसार दुवै देशका सम्बन्धित निकायहरुलाई पनि आग्रह गरिने तयारी रहेको स्रोतले जनाएको छ ।

गत ६ अगष्टको दिन सम्पन्न ११ औं साधारणसभा तथा संघसंस्था सभाले डा. भिम पुनको नेतृत्वमा तिन सदसिय छानविन समिति र पूर्व अध्यक्ष रिटायर्ड मेजर डम्बर घले नेतृत्वमा मध्यस्थता समिति पनि निर्माण गरेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *