तुम्मुई पा:लाम सार्वजनिक

१३ जनवरी, लन्डन । याक्थुङ भाषाकाे नयाँ पा:लाम ‘तुम्मुई’ सार्वजनिक भएको छ । याक्थुङ समुदायको महान् पर्व कक्फेक्वा तङ्नामकाे पूर्वसन्ध्यामा पा:लाम आएको हाे ।

गीतकार एवम् साँस्कृतिक अभियन्ता रीता फाेम्वाे ठूलीकाे आफ्नै युट्युब च्यानलमा शुक्रबार साँझ सार्वजनिक भएको पा:लामका शब्द वरिष्ठ याक्थुङ साहित्यकार येहाङ लाओतीले लेखेका हुन् । जसमा असारसिं निङ्लेकू र दुर्गा तुम्साकाे स्वर रहेकाे छ । जीवन केदेम र इन्द्रा मादेनले काेरस स्वरमा सघाएका छन् ।

म्युजिक मिडियामा रेकर्ड भएको गीतकाे सङ्गीत संयाेजन मनाेज साङसाेङ, मास्टर मिक्सिङ राजु कार्की, सम्पादन पर्शु थलङले गरेका छन् । हाङ चेम्जोङले निर्देशन गरेको भिडियोकाे छायांकन सुमन तामाङले गरेका हुन् । श्रङ्गार कृष्ण सुवेदीले गरेका हुन् । भिडियोका कलाकारहरूमा जीवन केदेम, दुर्गा तुम्सा, दीप केरुङ, तेल्लके माइली(ज्याेतीकला), कर्ण सम्बाहाङ्फे, मेहेरमान पतङ्वा, सन्ताेषी फाेम्वाे, दुर्गामाया फाेम्वाे, मीरा फाेम्वाे र बुद्धरानी लिम्बु रहेका छन् ।

पा:लाम हेर्न र सुन्न –

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *