साेती घटनाका पीडितकाे सहयाेगार्थ आसफाेर्डमा वृत्तचित्र प्रदर्शनी

२९ जनवरी, आसफाेर्ड । साढे दुई वर्षअघि रुकुमकाे साेतीमा भएको सामूहिक हत्याकाण्डका पीडितहरूकाे सहयाेगार्थ बेलायतको आसफाेर्डमा वृत्तचित्र प्रदर्शन भएको छ ।

शनिबार सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्ड केन्टकाे आयोजनामा ‘अ स्याड सङ अफ लभ’ वृत्तचित्रकाे सफलतापूर्वक सम्पन्न भएको छ । पराेपकारी कामलाई प्राेत्साहित गर्ने उद्देश्यले वृत्तचित्र प्रदर्शन भएको वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले बताए ।

‘कला, साहित्य, सँस्कृति, फिल्म र मिडियाका माध्यमबाट समेत सामाजिक चेतना फैलाउन सकिन्छ भन्ने मान्यता राखेर यस संस्थाले वृत्तचित्रलाई प्रदर्शन गरेको हाे,’  सिङ्गकले भने ।नेपालका पत्रकार भानु बाेखिमकाे निर्देशन र समाजसेवी जीवन शेर्माकाे निर्माणमा बनेको वृत्तचित्र सन् २०२० मा भएकाे साेती जातीय नरसंहारमा केन्द्रित रहेको छ । रुकुमका युवा नवराज विकले गैरदलित युवतीसँग प्रेम गरेकै कारण आफ्ना अन्य पाँच जना युवाहरूसहित ज्यान गुमाएको विषय र पीडित परिवारका व्यथा यस वृत्तचित्रमा हेर्न सकिन्छ । घटनामा संलग्नहरूले उन्मुक्ति पाइरहेको पीडितहरूकाे आराेप छ ।

घटनाका पीडित परिवारहरूकाे सहयोगार्थ आसफाेर्डकाे दरबार रेस्ट्राे एन्ड बारमा दुई चरणमा प्रदर्शनी भएको कार्यक्रम संयाेजक एवम् समाजका मिडिया सचिव अमित थेवेले बताए । उनले प्रदर्शनीबाट सङ्कलन भएको पन्ध्र सय पाउन्ड बढी रकम सङ्कलन भएको बताए । साे रकम वरिष्ठ उपाध्यक्ष सिङ्गकले बेलायत भ्रमणमा रहेका निर्माता शेर्मालाई हस्तान्तरण गरेका थिए ।

‘जातीय विभेद र छुवाछुतलाई निरुत्साहित गर्न वृत्तचित्र बनाएका हाैँ । घटनालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा लैजान हामी यतिबेला यूके आइपुगेका हाैँ,’ निर्माता शेर्माले भने ।

वृत्तचित्रका निर्माता जीवन शेर्मा ।
समाजका वरिष्ठ उपाध्यक्ष सिङ्गक सम्बाेधन गर्दै ।

वृत्तचित्र प्रदर्शनीमा शेर्पा सब क्युनिटी आसफाेर्ड, किरात राई यायाेक्खा आसफाेर्ड, किरात याक्थुङ चुम्लुङ आसफाेर्डले संस्थागत सहयोग गरेका थिए । यस्तै, आसफाेर्डबाहेक फाेकस्टाेन, मेडस्टाेन, चाथमबाट सहभागीहरू आएका थिए ।

प्रदर्शनी कार्यक्रमकाे अध्यक्षता समाजका अध्यक्ष कप्रसाद छन्त्यालले गरे भने समापन वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले गरेका थिए । फिल्म यसअघि ननिटन, लन्डन लगायतका सहरमा प्रदर्शन भइसकेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *