एनआरएनए यूकेले जनवरी अन्तिम सातामा नि:शुल्क स्वास्थ शिविर गर्दै

१८ जनवरी, लन्डन । एनआरएनए यूकेले आउँदो २९ जनवरी आइतबार अर्को नि:शुल्क स्वास्थ शिविर गर्ने भएको छ।

संघले प्रत्येक महिनाको अन्तिम आइतबार यस्तो शिविर गर्ने क्रममा यो पटक पनि अल्डरसटस्थितआफ्नै कार्यालयमा गर्ने तयारी गरेको हो ।

दिउसो २ देखि ४ बजेसम्म चल्ने उक्त शिविरमा एनएचस आवद्द डाक्टर, नर्सबाट मधुमेह, ब्लड प्रेसर, मुटु रोग लगायतको ’चेकअप’ गरिने छ ।

शिविरको संयोजन एनआरएनए यूके स्वास्थ विभागका संयोजक डा. विशाल गुरुङले गरेका छन् । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शिविरमा सहभागी भएर लाभ लिन सुझाएका छन् ।

‘खास गरी हामीले अंग्रेजी राम्रो बोल्न नसक्ने, अस्पताल वा जिपी जान मेसो नपाउने बाबा आमालाईसहज होस् भनेर नियमित यस्तो शिविर गरेका हौं । यो प्रभावकारी पनि भएको छ’ गाहामगरले भने ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *