‘फागुन – तिमी फर्किआउनू’

समीक्षा 

✍️ सुनिता राई कन्दङ्वा

कविता सङ्ग्रह ‘फागुन – तिमी फर्किआउनू’’ न्यानो सम्बोधन र हस्ताक्षर सहित प्राप्त भएको यस कृति पढेपछि दुई शव्द अर्पणका निम्ति हातहरू अघि बढे । साहित्यमा हरेक विधाको आफ्नैं सौन्दर्य छ तर कविता सबभन्दा पुरानो र सुन्दर विधा हो ।

प्रारम्भ :

कवि देविका मंग्राती राईद्वारा लिखित कविता सङ्ग्रह ‘फागुन१ तिमी फर्किआउनू’को आवरण अत्यन्त सुन्दर, आकर्षक छ । सङ्ग्रहमा सङ्ग्रहित कविताहरू(मा समाजका सबै रङ्गहरू पोतिएका छन् ।

शीर्षक :

सङ्ग्रहको शिर्षक ‘फागुन-तिमी फर्किआउनू’ शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमन हो । ऋतु स्वयम् नयाँ स्वरूप लिने प्रक्रियामा हुन्छिन् । यो आफैंमा एक आशा, उत्साह, नयाँपनको अनुभूत गराउने सुन्दर घडी हो । स्त्री र प्रकृतिको छायाछवि चित्रित यस आवरणले मानव र प्रकृतिको सम्बन्ध स्पष्ट पार्दछ । प्रकृतिलाई स्त्रीरआमा, प्रेम मानिन्छ । प्रकृति स्वयम् सिर्जना हुन्, जीवन हुन्, प्रेम हुन् प्रकृतिलाई हामीले जोगाउनुपर्दछ । यतिबेला विश्वव्यापी रुपमा ग्लोबल वार्मिंग समस्य बढिरहेको कुरातिर पनि सङ्केत गर्दछ यस आवरणले । कडा गाता रहेको आवरणको साजसज्जा, रङ्ग, अक्षर आकर्षक सुन्दर छन्।

प्रवेश :

सालबरी दार्जिलिङ्ग जिल्ला, खरसाङ निवासी कवि देविका मंग्राती राईको पहिलो कृति कविता सङ्ग्रह ुफागुन१ तिमी फर्किआउनूु मा ५८ वटा कविताहरू समेटिएका छन्, १९३ पाना रहेका छन्, एक(हजार प्रति प्रकाशित छ ( गोर्खा ज्योति प्रकाशन, कौब्रुलैखा, मणिपुरुबाट अन्तराष्ट्रिय मान्यता आइएसबीएन९क्ष्क्द्यल्० नम्बर सहित ।

कृति समर्पण।।।
बाबा श्री एम बि मंग्राती,
आमा स्व। नरमाया मंग्राती,
सासूआमा स्व। शकुन्तला देवान राई,
ससुराबुवा स्व। मेजर राम प्रसाद राई ,
नन्द स्व।नीलिमा राई
परिवार प्रतिको प्रेम यही समर्पणले झल्काउँदछ, आहा भने ।

( प्रकाशकीय शुभकामना स् डा सीताराम अधिकारी ।

( भूमिका
प्रा डा गोविन्दराज भट्टराईज्यूले ( ुदार्जिलिङ्गबाट आएका यी सुन्दर कवितामा समकालीन चेतना सन्दर्भु शिर्षकमा आदरणीय भट्टराई सरले कविताहरूलाई केलाएर निकै सुक्ष्म रुपमा आफ्नो दृष्टिकोण राख्नु भएको छ ।

शुभकामना
( सुरेन्द्र लिम्बू परदेशी ( अध्यक्ष स् विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति ।
( प्रा डा कविता लामा ( डीन स् नेपाली विभाग, सिक्किम विश्वविद्यालय ।
( डा जीवन राणा स् सदस्य परामर्स समिति साहित्य अकादमी ९नयाँ दिल्ली० ।
( ग्याल्पो लामा।
( राहुल राई बोगिको ( अध्यक्ष स् विश्व नेपाली साहित्य महासङ्घ भारत शाखा ।
( रश्मि राई – स्रष्टाका जीवन साथी हुनुहुन्छ । उहाँले निकै सुन्दर, शालीन र डिप्लोमेटिक तरिकाले आफ्ना केही कुराहरू राख्नुभएको छ ।

भूमिका :
फागुन१ तिमी फर्किआउनूुु माथि एक चर्चा ( शिर्षकमा सुकराज दियालीज्यूले परिवारको छोटो प्रष्ठभूमिसँगै स्रष्टाको अध्ययन, पेसा र साहित्य यात्राको संक्षिप्त भनाइ राख्दै ‘फागुन- तिमी फर्किआउनू’ सङ्ग्रहमा समेटिएका कविताहरूलाई नजिकबाट स्पर्श गर्न भ्याउनुभएको छ ।

स्रष्टा देविका मंग्राती राईज्यूको आफ्ना कुरा
( पछि फर्केर हेर्दा ( शिर्षकमा स्रष्टाले आफ्ना भनाइ राख्नुभएको छ । ईश्वर र परिवारजनप्रति कृतज्ञता व्यक्त गर्दै प्रथम कृति पाठक माझ पस्कँदै गर्दाको निकै सुन्दर अनुभूति साझा गर्नु भएको छ ।
द्यभततभच बितभ तजबल लभखभचु यो भनाइ मनपर्यो मलाइ । यसले अरुलाई पनि प्रेरणा दिन्छ जो अब ढिला भो कृति निकाल्न भनि सोंचुहुन्छ । स्थानीय रुपमा हुने साहित्यिक गतिविधिहरुमा सहभागी हुँदै गर्दा उहाँमा प्रशस्त सिर्जनात्मक सम्भावना देख्ने थुप्रै सुन्दर मनहरूले घरीघरी प्रोत्साहित गर्दै घच्घच्याउनु भएको स्रष्टा जिकिर गर्नु हुन्छ उहाँहरूको ससम्मान नाम लिँदै । अवस्यै पनि यस्ता व्यक्तित्वहरू चाहिन्छ जीवनमा जो सही मार्गनिर्देशन गर्नुहुन्छ । स्रष्टा देविकाले धन्यवाद पात्रको लहरमा मेरो नाम पनि लिनुभएको रहेछ यसका निम्ति धन्यवाद, जानेकोरसकेको एकर्कामा साथ् सदा रहने छ ।

कवि मंग्रातीले अर्को छुट्टै ( हृदयबाटै बोल्दै ( शिर्षकमा ुुफागुन१ तिमी फर्किआउनूुु कविता सङ्ग्रहलाई मुर्त रुप दिन साथ्(सहयोग गर्नुहुने, प्रोत्साहन गर्नुहुने, लौन छिटो निकाल्नुपर्यो कृति भनि घच्घच्याउनुहुने, भूमिका लेख्नुहुने, शुभकामना दिनुहुने, विभिन्न साहित्यिक संस्थाहरू जसले सिर्जनात्मक कार्यक्रमहरू गरेर धेरै कुराहरू सिक्न, बुझ्न अवसर प्रदान गरे उनीहरुप्रति, जो प्रत्यक्ष भेट भएको छैन तर असल शुभ(चिन्तक हुनुहुन्छ उहाँहरूप्रति हृदयदेखि आभार व्यक्त गर्नुभएको छ । र उहाँको हर पाइलामा साथ्(सुझाव दिनुहुने जीवन साथी रश्मि राईप्रति मुटुभरिको माया र धन्यवाद व्यक्त गर्नुभएको छ ।
यसरी भावनात्मक भावहरू पोखिएका आँगनमा उक्त व्यक्तिको व्यक्तित्व बुझ्ने अवसर पनि मिल्दछ । अतः स्रष्टाको भनाइ पछ्जाँयाउंदै जाँदा ( उहाँ माहिली छोरी र बाँया हातले लेख्नुहुँदोरहेछ । भन्छन् ( यी बाँया हातले लेख्नेहरू औधि बुद्धिमान् हुन्छन् । रिसर्च अनुसार विश्वको कुल जनसंख्यामा जम्मा दसदेखि बाह्र प्रतिशत छन् जो बायाँ हातले लेख्छन् । ती भाग्यमानीमा कवि देविका पर्नुहुन्छ ।

कवितामा प्रवेश गर्नुअघि :
कवि देविका मंग्राती राईसँग मेरो भेट भर्चुअल्ली कुनै सिर्जना वाचन कार्यक्रममा भएको थियो । त्यसबेला उहाँ विनेसाम भारत शाखामा आबद्ध हुनुहुन्थ्यो । यतिबेला केन्द्रमा पनि आबद्ध हुनुहुन्छ । विनेसाम केन्द्रीय समितिले विश्वमा स्थापित आफ्ना शाखाहरूलाई जोडेर सिर्जना वाचन गर्ने गर्दथ्यो । कोरोना महामारीले हामीलाई अझ भर्चुअल दुनियाँमा प्रवेश गरायो । विश्व कोरोना महामारीसँग लडिरहेको त्यस घडी मान्छे मानसिक तनावमा थिए । कतै अल्मलिन पाए हुन्थ्यो तर कहाँ रु यस्ता विषम परिस्थितिमा जुम, गुगल मिट, स्ट्रिम यार्ड आदि विभिन्न माध्यममा कार्यक्रमहरू हुन थाले । अनेक विषयमा बहस, छलफल, बच्चाहरूको पढाइ यस्ता थुप्रै क्रियाकलाप संवादहरू हुन थाले । हामीले पनि विभिन्न सिर्जनात्मक कार्यक्रमहरू गर्न थाल्यौँ । यस्ता कार्यक्रमहरूले मान्छेमा छुट्टै उत्साह, उमङ्ग, खुसी भएको महसुस गर्यौं फलस्वरूप हरेक महिना फरक सिर्जनात्मक कार्यक्रम आयोजना गर्न थाल्यौँ । यही क्रममा स्रष्टा देविका मंग्राती राईसँग पनि भेट भयो । बिगत दुई बर्ष भन्दा बढी भयो यसरी भर्चुअल्ली सिर्जनात्मक भेट भएको स्रष्टासँग प्रत्यक्ष भेट हुन बाँकी छ । उहाँको सिर्जनासँग म थोर(बहुत परिचित छु । अहिले उहाँको कृति ुुफागुन१ तिमी फर्किआउनूुु मा सजिएका भावनाका अनेक रङ्गहरू स्पर्श गरेर केही शब्द अर्पण गरूँ लाग्यो । कृति पठाइदिनु भएकोमा हार्दिक धन्यवाद स्रष्टामा र यहाँसम्म ल्याइदिनु(हुने अनिमा बहिनीलाई पनि धेरै धन्यवाद ।

कवितामा प्रवेश :

‘आमा नहुनु भनेको
हिमपातको ठण्डामा पनि
मन जलिरहनु हो ।।।(आमा नहुनुको क्षण(पेज ५१)

‘आमा नहुनुको क्षणु’ शिर्षक कविताले साच्चै हृदय छुन्छ । यो कविता निकै मार्मिक छ । चाहे जुनसुकै कुरा होस् मनदेखि गरिएका कुराहरूले मनलाई छुन्छ । हाम्रो जीवनमा आमाको स्थान सबभन्दा उचों छ । आमाको अभाव अरु कसैले पनि पूर्ति गर्न सक्दैन । स्रष्टाले आमाको अभावमा खट्किने थुप्रै कुराहरूलाई छताछुल्ल पोख्नु भएको छरपोखिनु भएको छ । आमाको महिमा जति गाए पनि त्यो कमै हुन्छ ।¬ मातृत्व प्रेम, संस्कार, रिती, संस्कृतिले ओतप्रोत मातृभाषाुु कविता उस्तै सुन्दर छ । ‘जङ्गली फूल’ प्राकृतिक स्वतन्त्रता माथि सचेत तर स्वार्थी मान्छेहरूको व्यवहारले एकपटक सोंच्न बाध्य बनाउँछ । मानवीय संवेदना माथि प्रश्न तेर्स्याउने कविता ‘फोटोग्राफी’ अत्यन्त मार्मिक छ । अभाव, दरिद्रता फोटोमा उतारेर प्रदर्शन गर्नेहरू हो हामीलाई फोटो अफ द डे नबनाउ १ यो लाइनले हृदय छुन्छ ।

‘चम्किलो र उज्यालो भई बाँच्न चाहन्छु’ कविता आधुनिक बन्ने होडमा हामीले आफ्नैं संस्कारलाई भुल्दै छौं अतः हाम्रा रीतिरिवाज, संस्कार, संस्कृतिलाई नभुलौं भन्ने संदेश दिन्छ यस कविताले । ुुऔ पहाड१ तिमीुु यो एउटा प्रतीकात्मक कविता हो, यसमा आक्रोश, असन्तोष, कुण्ठाहरू पोखिएका छन् । स्वतन्त्रताको नाममा मनाइने हर्षमा स्रष्ट कहीकतै हर्षित छैनन् । उनि सम्झंदै छन् असल देशभक्तहरू जसलाई निमोठियो, निर्वासित गरियो । र जब आफ्नैं माटोमा पराइ जस्तो व्यवहार हुन्छ मुटु पक्कै दुख्छ । मिठो यादरसम्झनाहरूमा ुुहजुरआमाुु आहा कति स्वादिलो कविता पस्काइ । हो स्रष्ट समय बलवान छ, यसलाई न रोक्न सकिन्छ न यसले पर्खन्छ नै समय र सङ्कोचुु पढेपछि यसै बनौँ लाग्यो । एता मानव विकास, परिवर्तन र सभ्यताको वृहतर वर्णनन् ‘सभ्यता’ कवितामा पाउन सकिन्छ । यो अझ विम्बात्मक भए हुन्थ्यो भन्ने लाग्यो । यो एउटा नविन कविता छ १।

कहिले कविताहरूको सगरमाथा उक्लंदै कहिले भावनाका गहिरो समुद्रमा डुबुल्की मार्दै भावुक हुन पुगे तर तिमी आइनौ कवितामा । यो कविता आदरणीय मंजुला तामाङज्यूको एकमात्र छोरीरइजा किशोरावस्थामा बित्नु भएको थियो (यो अत्यन्तै दुखद कुरा हो) अतः उहाँको सम्झनामा कोरिएको रहेछ यो कविता। ‘शरद्को चन्द्रमा’को सुन्दर वर्णन् । नमिठो ‘बिछोड ईश्वर भन्दा उँचो हुन्छ आमाको स्थान । ममतामयी आमा गुमाउनुको पीडा साच्चै गहिरो हुन्छ । त्यो घाउ शीतल बनाउने मल्हम यो संसारमा कसैसँग हुँदैन । कवि मंग्राती बिछोड शिर्षक कवितामा छताछुल्ल पोखिनु भएको छ ।

कविता ‘फागुन- तिमी फर्किआउनू’ पुस्तकको शिर्षक राखिएको यो निकै सुन्दर कविता छ । विम्बको प्रयोग राम्रैसँग भएको छ यसमा । यसलाई ऋतु परिवर्तन, नयाँ पालुवा लाग्ने त्यो सुन्दर समयको अवस्थालाई सुन्दरसँग पस्कनु भएको छ कविले । यो एउटा आव्हान कविता हो भन्दा फरक नपर्ला –

हाम्रै संस्कारले आज
अछुत बनाएपछि
मैले बाँचेको युगमा
मैले बुझेको ज्ञानले
सबैको रगत रातै हुन्छ भन्छ
मैले खोजेको बर्षौं भो
भेट्न सकेको छुइन  (अछुत रगतको रङ्ग कस्तो हुन्छ ? (पेज ८४)

२१औँ शताब्दीको अन्त्यतिर छौँ र हामी आफुलाई सभ्य ठान्छौँ तर हाम्रो व्यवहार त्यति नै असभ्य छ कविता ‘अछुत रगतको रङ्ग कस्तो हुन्छ’ ले प्रश्न गरेको छ । कुनैपनि प्रकारको विभेद (जाति, वर्ग, लिङ्गका रुपमा) गर्न पाइन्न यो आवाज बलियो छ दस्तावेजहरूमा व्यवहारिकरुपमा सामनता निकै पर छ अझैपनि । जीत र न्यायको पर्खाइमा रहेका ‘निर्भया’ले उतिकै छुन्छन् । सन्दुकमा काचाक्कुचुक पारेर राख्न नसकिने ‘मान्छेको मनु’ का बयान यसरी पनि गर्न सकिँदोरहेछ भन्ने स्रष्टाले यस कविता मार्फत स्पष्ट पार्नुभएको छ ।

खर्साङ औ खर्साङ्ग १
यता हेर त मलाइ
म तिम्रै देविका ।।। (सेतो सुनाखरी, पेज(९२)

अनगिन्ति यादरसम्झनाहरु लगायत थुप्रै कुराहरूले सजिएको ‘सेतो सुनाखरी’ सायद ( प्रिय देविका तिम्रा सुन्दर सिर्जनाहरूमा मुस्कुराइरहेछु म भन्दै होला खर्साङ १ बुढो पहाडलाई तरुनीले जिस्क्याए झैँ पर्खनु मात्र पर्छुु कवितामा उताउलो झरना, मात्तिएको हुरी कताकता छोएर जान्छन् । यसरी पुलकित मन एक्कासी आक्रोश नारीहरूकोुु आवाजले कुनै उचाइबाट पीडा, वेदना र क्रन्दनका धरातलमा थचक्क थाचारीदिन्छन् । अनि धरमरिदै अघि बढ्दै गर्दा कतै घनघोर भूमरीमा अनौंठो समयभित्र जीवनको गीतुु भजन गाउँदा गल्लीगल्लीबाट गिल्ला गर्नेहरू बिथोल्न आउँछन् ।

डल्ली, कलि र थुप्रै प्रिय सखीका मिठा सम्झनाका पलहरूुु गुराँसका झुप्पासरि आउँछन् लुकामारी खेल्न । अनि आउँछ वसन्त रश्मि बोकेर देविकाको जीवनमा मुस्कान लिएर । आहा जीवन मुस्कुराउँछ । हृदयको तार जोडेर एक बग्छन् र बग्छन् एकै(लयमा उनीहरू र हामी बनि गाउँछन् तिमी छौ र नैुु म छु ।

समीक्षक कन्दङ्वा राई ।

अनेक कथाहरू र खबरदारी बोकी उदाउँछ ‘नयाँ सूर्य’ । ‘दार्जिलिङले सोध्दैछुु प्रिय कर्ण सर ! ए सभ्य समाज हो ! यो हेय दृष्टि नराख भन्दै चिच्याइरहेछन् ‘तेस्रो लिङ्गी’। पहिचानको ढोल बजाउंदै, एकताको स्वर गुन्जाउँदै, एकै लयमा नाचिरहेछन् च्याब्रुङ ‘हामी गोर्खा हौँ’ भन्दै ।

सभ्य समाजका असभ्य मनुष्यहरू जो कुनैपनि कुकृत्य गर्न हिच्किचाउदैन ‘असिफा’का आँसुले पिरोल्ने छ । विश्व पर्यावरण समस्य मानव जगतकै निम्ति ठुलो चुनौती बनेको छ । स्रष्टा चिच्याउदै खबरदारी गर्दैछन् ‘मौरी र मानव’ कविताका माध्यमबाट । मुटुभरि माटोको सुगन्ध र प्रेम बोक्नेहरू शान्त बस्न सक्दैनन् ुुनिस्शब्द र अक्षरहरूुु जसरी । उनीहरू सङ्खघोष गर्छन् अस्तित्वको ।
‘सुनका बुटा’ निस्पट्ट अँध्यारोमा एउटा जीवन भानु ( नअस्ताउने सूर्य लगायत कवि देविकाका कविताहरूले मातृत्व,प्रेम, सामाजिक, साँस्कृतिक, संवेदना, जीवन, बोध, समर्पण, युद्ध, संस्कार, आशा, निराशा, उपेक्षा, विभेद, अन्याय, हिंसा, विद्रोह, पर्यावरण जस्ता महत्वपूर्ण विषयहरूलाई प्रमुख बनाएर बुलन्द आवाज उठाउनु भएको छ आफ्नो सुन्दर सिर्जनाहरूबाट ।
– परिवेश स् दार्जिलिङ्ग, खर्साङ्गदेखि असम, जम्मुसम्म फैलिएको छ ।
– केही व्याकरण त्रुटी देखिन्छ जुन टाइप गर्दा भएको हुनसक्छ ।
– र, केही ठाउँमा शब्द प्रयोग अझ शुद्ध नेपाली भए हुन्थ्यो भन्ने लाग्यो । हुन त आयातित शब्द चाहे अंग्रेजी होस् वा अरु कुनै भाषा प्रचनमा अधिक प्रयोग हुने शब्दलाई स्विकारिन्छ तर सकेसम्म नेपाली भाषाको शब्दकोषमा उपलब्ध र प्रचलनको ठेट शब्द नै प्रयोग भएको भए सुनमा सुगन्ध हुनेथियो भन्ने लाग्यो ९अब नेपाली शब्दकोषमै छैन भने त दोस्रो भाषाको साहरा लिनुपर्छ ।

समग्रमा कवि देविका मंग्राती राईज्यूको कविताहरू यही समाज, माटो र समयको छेस्काले दिएको अनुभूतिहरू सुन्दर, सन्देशात्मक र सचेत बनाउने खालका छन् । यस सुन्दर संसारका आएपछि हामी हरेक सचेत मनुष्यले केही न केही गर्न खोज्नु स्वाभाविक हो । सोरेन किर्केगार्ड, गाब्रियल मार्शल, नित्से, हाइडेगर, कामु, सात्रे, फ्रान्स काफ्का आदि दार्शनिकहरूको अस्तित्वाद दृष्टिकोण पछ्याउंदै भन्ने हो भने केही गर्ने, सामाजका प्रतिनिधि आवाज बन्ने, जो आवाज भएर बोल्न सकिरहेका छैनन् । केही राम्रो गर्ने साहस, केही अझ फरक गर्ने दुस्साहस, केही उदाहरणीय, केही प्रेरणादायी बन्न प्रयास जो गर्छ ऊ अस्तित्वको गोरेटो खनिरहेको हुन्छ अतः मैले कवि देविका मंग्राती राईज्यूलाई सोही गोरेटोमा पाएँ ।

यो सुन्दर कृतिले सबैको मन छुन सकोस् र कवि मंग्रातीको कलम कहिल्यै नथाकून् धेरै धेरै शुभकामना ।

 

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *