लीला सेलिङ माबाेकाे संस्मरण, काठमाडौंमा चर्चा

१२ डिसेम्बर, काठमाडौं । लिला सेलिङ माबोको संस्मरणसंग्रह ‘मेमोर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सोमबार ललितपुरको झम्सिखेलस्थित पोर्क हब एण्ड मोक्ष बारमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख वक्ताहरु प्राध्यापक बालकृष्ण माबुहाङ र प्राध्यापक अमर तुम्याहाङ रहेका थिए ।

पुस्तकको चर्चा गर्दै प्राध्यापक बालकृष्ण माबुहाङले कुनै समय याक्थुङ (लिम्बू)हरू मुन्धुमी परम्पराका मान्छेहरूले पुस्तक लेख्नु अत्यन्तै नौलो अभ्यास मात्र रहेको बताए । ‘हामी मुन्धुमी परम्पराका मान्छे हौं, ७ दिन ७ रातसम्म साम्बा/येबाले मुम्धुम सम्पादन गरेर हाम्रो जीवन, सभ्यता र अस्तित्व बोध गर्ने, सभ्यता र संस्कृतिको बारेमा जानकारी हासिल गर्ने समुदायका मान्छे हौं । मुम्धुमी परम्पराको समुदायको मान्छेले किताब लेख्नु भनेको कि त अत्यन्तै नौलो अभ्यास अथवा किताब लेखेछ भन्ने एउटा पक्ष होला ! अहिले दुनियाँ यसरी ‘डिजिटलाइज’ भयो कि, मलाया पुगेको एउटा मान्छेले श्रीमतीलाई चिठ्ठी लेख्नु पर्दैन, बिस्तारै लिपी लेख्ने संस्कारकै अन्त्य पो हुन्छ कि के हो भन्ने लाग्छ ।’, माबुहाङले भने ।

सेलिङको डायरी ९ महिनाको उनको दैनिकी भएको उल्लेख गर्दै उक्त डायरीमा बिहानको ६ बजेदेखिको साँझसम्मको ‘टाइम शेड्युल’ र ‘हार्ड वर्किङ’ हेर्दा लिला सेलिङ चानचुने महिला नभएको माबुहाङको ठम्याई थियो । माबुहाङले भने, वहाँको डायरी पल्टाएर हेर्दा, बिहान ६ बजे उठ्ने, कलेज जाने, करिब ५ घन्टा लाइब्रेरीमा बिताउने, त्यसपछि घर फर्किने सबै ‘टाइम शेड्युल’ अथवा वहाँको ‘वहाँको हार्डवर्किङ’ हेर्दा लिला सेलिङ चानचुने महिला हैन रैछ । यस्तै, डायरीले गोर्खाहरूको जीवन, श्रीमतीहरूले भोग्नुपरेको विभेद सबै पढ्न र बुझ्न पाइने पनि बताए ।

पुस्तकमाथि बोल्दै अर्का वक्ता अमर तुम्याहाङले युकेको बसाई, समाज र त्यहाँ भोगिएका अनुभवहरूलाई यश पुस्तकमा पढ्न पाइने बताए । ‘लकडाउन भएको २२७ औं दिनमा वहाँले टुंग्याउनुभएको छ । यो डायरीमा विशेष ३ देशको सन्दर्भ आउँछ, नेपाल, युके र हङकङ । जसमा लेखकको बसाई नै युके भएर होला, सबैभन्दा धेरै युकेको प्रसंग आउँछ ।’, तुम्याहाङले भने । यस्तै लाहुरेनीको दुःख र भोगाइ नै लेखको पृष्ठभूमि रहेको उनको भनाइ थियो ।

प्राध्यापक तुम्याहाङले पुस्तकको संरचना दैनिकी जस्तो देखिने तर ‘कन्टेन्ट एरेन्जमेन्ट’, त्यसमा समेटिएको अनुभव, दृष्टिकोणहरूको प्रस्तुतिको हिसाबले भने जर्नल जस्तै देखिएको बताए । कोरोना प्रभावले मनोविज्ञानमा पारेको प्रभाव, ‘ब्ल्याक म्याटर्स अभियान’ देखि दास व्यापारीहरूको मुर्ति ढालेका घटनाहरू पनि पुस्तकमा समेटिएको उनले बताए ।

कार्यक्रममा बोल्दै अतिथि भिम सेलिङले लिला सेलिङको यश डायरीलाई आफूले शिक्षामा पु¥याएको योगदानको उपलब्धि भएको बताए । ‘नेपालमै समाजसेवा गर्छु, शिक्षामा सहयोगी भूमिका निभाउछु भन्दाभन्दै ४० बर्ष बितेछ, जसको प्रतिफल छोराछोरीले दिए ।, लेखकका पितासमेत रहेका भिम सेलिङले भने ।

वक्ताहरूको जिज्ञासालाई समेट्दै लेखक सेलिङले गोर्खाभित्र पनि ‘¥याङ्क’को आधारमा लाहुरेनीहरूले समस्या भोग्नुपर्ने बताइन् । ‘यश पुस्तकमा सन् २००४ भन्दा अघि भोगिएका कुरहरूलाई पनि लेखिएको छ । लाहुरे लाहुरेनीबीच पनि ‘इन्टेरसेक्सन डिस्कृमिनेशन’ थियो । जुन कुरा आजसम्म आएको छैन । केही अझैं पनि छ ।, उनले भनिन् । यस्तै, कोरोना कहरका विषयहरू भने अर्को पुस्तकमा समेटिने उनले जानकारी दिइन् ।

यालेसका अध्यक्ष शनि लिम्बुको अध्यक्षता रहेको उक्त कार्यक्रममा डा संजय शर्मा, जसपा नेता खगेन्द्र माखिम, कवि चन्द्रबीर तुम्बापोले पनि शुभकामना मन्तव्य राखेका थिए भने लिला सेलिङले एक कविता वाचन गरेकी थिइन् । र्काक्रममा लिम्बु सांस्कृतिक परिषदका गोबिन्द आङ्बुहाङ, पन्चायत महिला संगठन पूर्व सभापति ओयाम समाज पाँचथरका राममाया सेलिङ, ओयाम पाचथर सरोकार समाज, सेलिङ एकता समाज सल्लाकार खेम सेलिङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचापन्चायत महिला सङगढन पुर्व सभापति ओयाम समाज पाँचथर राममाया सेलिङ आमा,ओयाम पाचथर सरोकार समाज,सेलिङ एकता समाज सल्लाकार खेम सेलिङलन यालेसका सचिव मन्जु थेगिमले गरेकी थिइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *